काठमाडौं फागुन, २२–
पूर्वप्रधानमन्त्री तथा पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको नाममा पशुपति क्षेत्रमा आरती गरिएको छ । भट्टराईको आठौं स्मृति दिवस पारेर मंगलबार बेलुकी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भट्टराईको नाममा पशुपति क्षेत्रमा आरती गरेका हुन् ।
किसुनजी अध्ययन केन्द्रका अध्यक्ष अविनास सिलवालले पशुपति क्षेत्रस्थित वागमती किनारमा आरती गरिएको बताए । भट्टराईको आत्माको चीर शान्तिका लागि र मोक्ष प्राप्तिका लागि पौडेल मुख्य संकल्पकर्ता भएर आरती गरेका हुन्।
आरतीमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, सांसदहरू नरोत्तम वैद्य, रजेन्द्र गुरुङ, बिजुला बर्मा पनि सहभागी थिए।
आठ वर्षअघि २०६७ फागुन २० गते पूर्वप्रधानमन्त्री तथा कांग्रेस संस्थापक नेता भट्टराईको निधन भएको थियो।