काठमाडौं फागुन, २२–
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ओली स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । दौडधुपका कारण स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान अस्पतालमा भर्ना भएका हुन्।
प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए ।
प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।
अस्पतालले परीक्षणका लागि रगतको नमूना लिएको तथा एक्स–रे सहित अन्य परीक्षणको काम समेत भइरहेका बताइको छ । परिक्षणको रिपोर्ट बिहीबार बिहानसम्म आउने भएकाले रिर्पोट नआउदासम्म अस्पताल भर्ना गरिएको डा सायमीले बताए ।