जन्मकैदको फैसला सुनाईएका रेशम चौधरीको सांसद पद पनि चट



काठमाडौं फागुन, २२–
रेशम चौधरीको सांसद पद गुम्ने भएको छ । टीकापुर घटनामा सजाय पाएसँगै कैलाली–१ का सांसद चौधरीको पद गुम्ने भएको हो ।
संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ। संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ। लगत्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ।

बुधबार कैलाली जिल्ला अदातलले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो।

चौधरी माथि ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जानेगरी टीकापुरमा हिंसा भड्काउन मुख्य योजनाकारको रूपमा भूमिका खेलेको अभियोग लागेको थियो।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

गत वर्षको प्रतिनिधि सभा चुनावमा चौधरी कैलाली–१ बाट सांसद निर्वाचित भएको थिए।

पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीले गत पुस १९ गते सांसदको सपथ लिएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : २२ बजे