मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी, अध्यक्ष मण्डलको आकस्मिक बैठक सुरु



काठमाडौं फागुन, २२–
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक पार्टी कार्यालय बबरमहलमा सुरु भएको छ ।टीकापुर घटनाबारे अदालतको फैसला आएसँगै राजपा अध्यक्ष मण्डलको बैठक बसेको हो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने विषयमा छलफल हुने राजपाले जनाएको छ ।
२०७२ भदौ ७ मा थरुहट आन्दोलन हुँदा टीकापुरको घटनामा स‌ंलग्न रहेका सांसद रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला सुनाएसँगै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बस्न लागेको हो । आन्दोलनमा नेपाल प्रहरीका तत्कालीन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
आज अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ३० बजे