मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, दुईतिहाई बहुमतको ओली सरकारलाई धक्का



काठमाडौं फागुन, २२–
राष्ट्रिय जनता पार्टी (राजपा)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार बसेको राजपाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले सरकारलाई यसअघि दिँदैआएको समर्थन फिर्ता दिने घोषणा गरेको हो । राजपाको यस्तो निर्णय गरेसँगै अब वर्तमान दुईतिहाई बहुमतको सरकारलाई धक्का लाग्नसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ५० बजे