मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपाद्वारा राप्ती बन्दको आह्वान, जनजीवन प्रभावित



काठमाडौं फागुन, २३–
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को बन्दाका राप्ती कारण ती जिल्लाको जनजीवन प्रभावित भएको छ ।

विना कारण प्रहरी प्रशासनले आफ्ना नेता–कार्यकर्ता गिरफ्तार गरेको विरोधमा विप्लव नेतृत्वको राप्ती ब्यूरोले दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा बन्दको आह्वान गरेको हो । आजको बन्दले ५ वटै जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । राससका अनुसार, त्यहाँका बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन् ।

बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन् । सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन् ।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने विप्लव नेकपाको माग रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ५ : २८ बजे