मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ गर्न खोज्दा भागेपछि विप्लव समूहका नेतामाथि प्रहरीद्वारा गोली प्रहार



कपिलबस्तु फागुन, २३–
प्रहरीले विप्लव समूहका नेता पक्राउ गर्न गोली चलाएको छ । कपिलबस्तुको शिवराज नगरपालिका –९ मा विप्लव नेकपाका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको प्रहरीले उनलाई पक्राउ गर्न गोली चलाएको हो ।
अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले रोकाको घरमा छापा मारेको बताएको छ । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको हो ।
प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहिबार  ६ : ०९ बजे