मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राविधिक टोलीको निष्कर्षः नेपालमा पानीजहाज तत्काल असम्भव



काठमाडौं फागुन, २४–
जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ ।

नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने ।

कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर, पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक पानीजहाज ल्याउन तत्काल सम्भव नदेखिएको उनको भनाइ छ । ‘पानीको सतह बढ्ने भएकाले बर्खामा भने पानीजहाज ल्याउन सकिएला,’ उनले भने, ‘तर, त्यो दिगो होइन ।’

भारतले हालै गण्डक र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । बघा नेपाल–भारत सिमानाको त्रिवेणीघाटको नजिक पर्छ । त्यो जलमार्गमा पनि ठूलो माल ढुवानीका लागि नभएर स्थानीय कृषिउपजलाई बजार पहुँच दिलाउने प्रयोजनका लागि भारतले निर्माण गरिरहेको ती सदस्यले बताए । त्यसो हुँदा अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने कार्गो त्यसमार्फत आउने सम्भावना कम रहेको उनको भनाइ थियो ।

तत्काल नेपालसम्मै मालबाहक पानीजहाज ल्याउन नसकिने भएपछि भारतले गंगा नदीमा निर्माण गरेका मल्टिमोडल टर्मिनलमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेबारे बैठकमा छलफल भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । भारतमा पटना, बनारस तथा साहेबगन्जमा निर्माण गरिएका मल्टिमोडल टर्मिनलमध्ये कुनै वा सबैबाट नेपालसम्म मालबस्तु ल्याउन सहज हुने ती सदस्यको भनाइ छ । ‘ती टर्मिनल प्रयोग नेपालबाट जलमार्गको दूरी १ सय ५० किलोमिटरसम्म हुन आउँछ, त्यसो हुँदा गंगामा निर्माण भएका टर्मिनलबाट नेपाल मालबस्तु ल्याउनु उचित हुन्छ,’ उनले भने ।

संयुुक्त टोलीले कोसीमा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गर्दा नेपालतर्फ टर्मिनलका लागि कोसी ब्यारेजको करिब एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रलाई सम्भावित ठाउँका रूपमा पहिचान गरेको छ । त्यसअघि संयुक्त टोलीले नारायणी नदीमा भने नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवलपरासीस्थित त्रिवेणी ब्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले पहिचान गरेको छ । संयुक्त टोलीले सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर ९ठोकर० नम्बर १२ आसपास टर्मिनल निर्माण गर्न सकिने सम्भावित स्थान पहिचान गरेको थियो ।

‘त्रिवेणी ब्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको छ,’ नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताएका थिए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जानकारी दिएको बेल्वासेको भनाइ थियो ।

संयुक्त टोलीले दुइटै नदीको पानी, बालुवा र माटोको अवस्थाबारे समेत अध्ययन गरेको छ । संयुक्त अध्ययनले कोसीभन्दा नारायणी नदीमा पानीजहाज सञ्चालनका सम्भावना बढी छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन २ फागुनमा गरेका थिए । ललितपुरको एकान्तकुनामा रहेको पानीजहाज कार्यालयको नेतृत्व इन्जिनियरिङ सेवाअन्तर्गतको सहसचिव ९ऋषिराज कोइराला० व्यक्तिले गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत स्थापना भएको पानीजहाज कार्यालयमा कार्यालय प्रमुख (रजिस्ट्रार) सहित १६ जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ३९ बजे