काठमाडौं फागुन, २४–
बिहिबार मात्रै सर्वोच्चको आदेशमा रिहा भएका सीके राउत सत्तारुढ दल नेकपामा प्रवेश गर्न लागेको हल्लाले राजनीति सरगर्मी बढेको छ । स्वतन्त्र मधेस गठनबन्धनको अध्यक्ष समेत रहेका राउतले अदालतले रिहा गर्न आदेश दिएको भोलिपल्टै स्वतन्त्र मधेस गठनबन्धन बिघटन भएको घोषणा गर्न लागेका हुन् । उनले त्यति मात्रै होईन अखण्ड नेपाल स्वीकार गर्दैस्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि पनि त्यागेको घोषणा गर्न लागेको स्रोतले बताएको छ ।
सुन्धारा कारागारमा रहँदा उनले सरकार र नेकपासँग भित्रभित्रै वार्ता गरिरहेका थिए । राज्य द्रोहको मुद्दामा पक्राउ परेका उनलाई बिहीबार मात्रै सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । रिहा भएसँगै नेकपामा प्रवेश गर्ने हल्ला चले पनि तत्काले उनी नेकपा प्रवेश नगर्ने सम्भावना रहेको छ ।