मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव अधिकारवादी इन्द्रप्रसाद अर्यालविरुद्ध बम दिदीबहिनीद्वारा मुद्दा दायर



कञ्चनपुर फागुन, २४–
निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा छानबिनमा तानिएका रोशनी बम र बबिता बमले मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

उनीहरुले विहीबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । रोशनी बम निर्मलाकी साथी हुन् । उनैको घरबाट फर्किएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

अर्याल नेतृत्वको मानव अधिकार संगठनको टोलीले निर्मला हत्याकाण्डको स्थलगत प्रतिवेदनमा रोशनीकी दिदी अनितालाई डान्स बारमा काम गर्ने उल्लेख गरेको थियो । अर्यालले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बम दिदी बहिनीको चरित्र शंकास्पद रहेको र उनीहरुको घरमा भीआइपीहरुको आवत(जावत हुने गरेको बताएका थिए ।

बम दिदीबहिनीले सो प्रतिवेदनबाट आफूहरुको चरित्र हत्या भएको भन्दै जिल्ला अदालतमा गाली बेइज्यतीको मुद्दा दायर गरेको स्रोतले बतायो ।

जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार मुद्दामा स्थानीय महिला अभियन्ता भक्ति फुलारा र पत्रकार खेम भण्डारीलाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ५२ बजे