सिके राउतलाई पार्टी प्रवेश गराउन नेकपाको सचिवालय बैठक



काठमाडौं फागुन, २४–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न बसेको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा करिब दुई घण्टा सिके राउतकै विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सिके राउत पृथकतावादी आन्दोलन छोडेर मूल धारको राजनीतिमा आउँछु भन्ने स्वागत योग्य विचार रहेको श्रेष्ठले बताए । उनले भने ‘जसरी सिके राउत मूल धारमा आउँदैछन्, तर सरकारले सम्झौता गर्दा राष्ट्र, राष्ट्रियता र जनतालाई ख्यालगरेर सम्झौत गरिनु पर्छ ।’

तराईमा पृथकतावादी गतिविधिमा लागेका राउत समूहले ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ कार्यक्रम राष्ट्रिय सभागृहमा केहीबेरमा सुरु हुँदैछ ।

राष्ट्रिय सभागृहबाट अध्यक्ष ओली र प्रचण्डसंगै सिके राउतले समेतले सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेता राष्ट्रिय सभागृह जाँदैछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ५२ बजे