मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूहले गर्यो नेकपाका सांसद मल्लको अपहरण



काठमाडौं फागुन, २४–
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले नेकपाकी सांसदलाई अपहरण गरेको छ । नेकपाले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको हो । मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ ‘ख’ मा तत्कालिन माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन् । उनले भने, ‘हामी त्यसलाई पुष्टि गरिरहेका छौं। अहिले थप केही भन्न सकिन्न।’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १० : २६ बजे