सरकार र सीके राउतबीचको सम्झौताको कांग्रेसद्वारा स्वागत



काठमाडौं फागुन, २४–
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिको स्वागत गरेको छ । शुक्रबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दैै गठबन्धनका सीके राउतको रुपान्तरण र सरकारसँगको सम्झौताको स्वागत गरेका हुन्। प्रवक्ता शर्माको ट्विटमा भनिएको छ– ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागतः नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज । अनेक रंगको अतिवादबाट विगतदेखिनै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य१ ’

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सभागृहमा गृहमन्त्री भएको कार्यक्रममा रामबहादुर थापा र सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १० : ५४ बजे