म्यानपावर व्यवसायीद्वारा म्यानपवर बन्द, विष्फोटपछि सन्त्रास



काठमाडौं फागुन, २६–
विप्लव नेतृत्वको नेकपाले विष्फोट गराउन थालेपछि म्यानपवर व्यवसायीहरु नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपात्रसित बन्न थालेका छन् । वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराएको विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् । केही दिन अघि चन्दा नदिएपछि संघका अध्यक्ष गुरुङको घरमा विप्लब समूहले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो ।

संघले घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय लिएको छ । संघले आइतबार नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको महासचिव नरेश गेलालले जानकारी दिए ।

‘व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएको छ, अब कसरी अघि बढ्ने भन्ने बारे भेलाले निर्णय लिन्छ,’ उनले भने ,’राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ।’

विप्लब समूहले घटनाको जिम्मेवारी लिइसकेको छ । घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार  ६ : ०० बजे