म्याग्दी फागुन, २६–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउतसँगको सहमतिलाई गम्भिर रुपमा लिएको बताएका छन् । आईतबार नेपाल प्रेस यूनियन, म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले पृथकतावादी अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग गरिएको सहमतिलाई अध्ययन गर्न बाँकी रहेको बताए । उनले स्वतन्त्र मधेशका लागि आन्दोलन गरिरहेका राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सराकात्मक भएको बताउँदै भने, ुभए पनि दुई नम्बर बुँदाले आफूहरुलाई गम्भिर बनाएको जनाए । देश टुक्रयाउने विषयमा जनमत संग्रहको विषय मान्य नहुँने भन्दै उनले यस विषयमा अध्ययन गरेर बोल्ने बताए ।
सभापति देउालले कांग्रेस पार्टीको विधान अनुसार नै आफूले काम गरिरहेको बताए । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिइरहेको उनको भनाइ थियो ।
उनले महाधिवेशनका लागि वडाबाटै प्रतिनिधि निर्वाचित हुने व्यवस्थामा आफूलाई समस्या नभएको बताए ।