काठमाडौं फागुन, २६–
नेपाली कांग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेसगठबन्धनका अध्यक्ष सीके राउतसँग सरकारले गरेको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
आइतबार संसद बैठकमा बोल्दै सांसद थापाले सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्या भएको बताउँदै यसले संशयको स्थिति पैदा गरेको बताए ।
सांसद थापाले भने, ‘ केका लागि जनमत संग्रह ? कस्का लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ ।’ सरकार र सीके राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो।
सहमतिमा जनमत संग्रह गराउन सरकार तयार भएको सीके राउत पक्षले दाबी गर्दै आएको छ।