काठमाडौं फागुन, २६–
नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से शुन्य दशमलव ९४ अंकले बढेर ११ सय २८ दशमलव ७१ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ७४ अंकले बढेर दुुई सय ४० दशमलव ११ अंकमा चढेको छ । आज एक सय ४० कम्पनीहरुको एक हजार सात सय ३४ वटा कारोबारमा तीन लाख २२ हजार दुई सय ४२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम नौ करोड ३८ लाख ४२ हजार आठ सय ६१ रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा छ वटा समुहले गुमाए पनि चार वटा समुहले भने कमाएकाछन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक एक दशमलव ३४ अंकले बढेर नौ सय ६४ दशमलव ५७ अंकमा पुग्दा बिकास बैंक समुहको चुचक पनि शुन्य दशमलव ५३ अंकले बढेर १४ सय ३३ दशमलव ६७ अंकमा चढेको छ । होटल र जीवन बीमा समुहको सुचक पनि आज बढेकाछन् । जलबिद्युत समुहको सुचक भने शुन्य दशमलव २६ अंकले घटेर ११ सय ३२ दशमलव ८५ अंकमा झरेको छ । यसैगरी निर्जिवन बीमा, फाईनान्स, लघुबित्त, उत्पादनमुलक र अन्य समुहको कारोबार सुचक पनि उच्च अंकले घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सानिमामाई हाईड्रो पावर कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा तिनाउ बिकास बैंक, नेशनल हाईड्रो पावर कम्पनी आदि परेकाछन । यसैगरी कारोबार भएको रकमका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।
२६ फाल्गुन २०७५, आइतबार
0
Shares