रुपन्देहीमा तरुण दलका कार्यकर्ताको गोली हानी हत्या



रुपन्देही फागुन, २७–
रुपन्देहीमा तरुण दलका सकृय कार्यक्रर्ताको गोली हानी हत्या गरिएको छ । देवदह प्रहरी चौकीका अनुसार देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको हो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीले हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : १५ बजे