सरकार र सीके राउतबीचको सहमतिमा दुबै पक्षको नियतमा खोटः डा.शेखर कोइराला



काठमाडौं फागुन, २७–
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र सीके राउतबीच भएको सहमतिमा खोट रहेको बताएका छन् । कोइरालाले सहमचिमा दुबै पक्षको नियतमा खोट रहेको जिकिर गरेका हुन् ।
सोमबार सरकार र राउतबीचको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले भने, ‘सरकार र सिके राउतबीचको सहमती पश्चात नेपालको राजनिती तरंगित बनेको छ। विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनू उपयूक्त हो, तर, सहमतीको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत ।’ उनले जनमत संग्रह शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको विपक्षमा रहेको बताए ।

उनले सिके राउतसँगको सहमति नेपाली जनताको लागि स्वीकार्य नभएको पनि उनले दाबी गरे । ‘यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्। यस सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको छ,’ नेता कोइरालाले भने ।

साथै सहमतिको मुसी सुक्न नपाउँदै जनकपुरमा सिके राउत समूहबाट सिर्जित परिदृश्य गम्भीर बनाएको बताए ।

डा। कोइरालाले भने,‘सहमतिको मसी सुक्न नपाउँदै जनकपूरमा सिके राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन । हामीलाई झस्काएको समेत छ । दुबै पक्षबाट यसको अबिलम्ब निदान हुन जरुरी छ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ५ : ५४ बजे