काठमाडौं फागुुन, २७–
नेप्सेमा साताको दोस्रो कारोबार दिन आज सोमबार हरियाली छाएको छ । नेप्से आज १४ दशमलव २८ अंकले बढेर ११ सय ४२ दशमलव ९३ अंकमा पुुुग्दा सेन्सिटिभ पनि तीन दशमलव १३ अंकले बढेर दुुई सय ४३ दशमलव २६ अंकमा चढेको छ । आज एक सय ७१ कम्पनीहरुको छ हजार सात सय ५३ वटा कारोबारमा १३ लाख ४७ हजार ४८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४० करोड २८ लाख ४० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।
आज ११ वटै समुहको कारोबार हुँदा १० वटा समुहको सुचक उच्च अंकले बढेर हरियो भएको छ भने अन्य समुहको सुचक घटेर रातो भएको छ । हरियो हुुने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक १७ दशमलव १८ अंकले बढेर नौ सय ८१ दशमलव ६६ अंकमा पुुगेकोमा बिकास बैंक समुहको सुचक पनि १० दशमलव १७ अंकले बढेर १४ सय ४३ दसमलव ८५ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, उत्पादनमुुलक र लघुबित्त समुहको कारोबार सुचक पनि उच्च अंकले बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा भने ङादी ग्रुुप पावर कम्पनी, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा सेन्ट्रल फाईनान्स, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् । रकम कारोवार भएकोमा आधारमा पनि आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदि परेकाछन् ।
२७ फाल्गुन २०७५, सोमबार
0
Shares