काठमाडौं फागुुन, २७–
नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरका थप ४० करोड थान नयाँ नोट छाप्न बेलायती कम्पनी संग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार नोट छपाईको लागि बेलायती कम्पनी डे. ला. रुई इन्टरनेशनल संग सम्झौता गरिएको हो ।
पाउण्ड स्टर्लिङ ८० लाख ७२ हजार मा उक्त परिमाणमा नोट छपाई, डिजाईन तथा आपुुर्तीको लागि सम्झौता गरिएको राष्ट्र बैकले जानकारी दिएको छ । राष्ट्र बैंकले २०७५ माघ १६ गते नयाँ नोट डिजाईन, छपाई तथा आपुुर्ती गर्नको लागि ग्लोवल टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डर अनुसार बेलायती कम्पनी डे. ला. रुई ले न्युुनतम रकममा बोलकवोल पेश गरेपछि सोही कम्पनीसँग नयाँ नोटको डिजाईन, छपाई तथा आपुुर्ती गर्न सम्झौता गरिएको जानकारी राष्ट्र बैकले दिएको छ ।
यसअघि फागुुन २१ गते पनि राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दे ५० दरका २३ करोड थान नयाँ नोट छपाई, डिजाईन तथा बितरण गर्नको लागि फ्रान्सेली कम्पनी अव्बर्थर संग सम्झौता गरेको थियो ।
२७ फाल्गुन २०७५, सोमबार
0
Shares