काठमाडौं फागुन २७–
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सीके राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा सरकारसँग जवाफ मागेका छन् । सोमबार कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको दाबी गरे । सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको पौडेलको आरोप छ ।
उनले भने, ‘भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए ।’
पौडेलको प्रश्न थियो, ‘सरकारले राउतसँग जनकपुरमा नारा लगाउने सम्झौता गरेको हो ?’
२७ फाल्गुन २०७५, सोमबार
0
Shares