मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको ज्यान गयो,१७ घाइते



काठमाडौं फागुन, २८–
मकवानपुरमा जन्तीबस दुर्घटना भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो ।

सडकबाट २० मिटर तल बस खस्दा अन्य १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । सडकबाट खसेको बस रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार यतिवेला प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार कार्य भैरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ०३ बजे