मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि नेप्सेमा हरियाली



काठमाडौं फागुुन, २८–
नेप्सेमा आज मंगलबार पनि हरियाली छाएको छ । नेप्से आज २० दशमलव ३३ अंंकले बढेर ११ सय ६३ दशमलव २६ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २१ अंकले बढेर दुई सय ४७ दशमलव ४७ बिन्दुुमा चढेको छ । आज एक सय ७६ कम्पनीहरुको सात हजार चार सय ५१ वटा कारोबारमा १८ लाख ९५ हजार सात सय २० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५१ करोड २९ हजार सात सय ९६ रुपैयाँ पुुगेको छ ।
आज कारोवार भएका मध्ये ११ वटै समुहको सुचक बढ्दा नेप्से पुर्णरुपमा हरियो भएको छ । आज वाणिज्य बैंक समुहको सुचक २२ दशमलव २८ अंकले बढेर एक हजार तीन दशमलव ९४ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक २२ दशमलव ९४ अंकले बढेर १७ सय ५६ दशमलव ८८ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको कारोवार सुचक पनि आज उच्च अंकले बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिटिजन म्युुचअल फण्ड—१, कालिका माईक्रो क्रेडिट लघुबित्त बित्तीय संस्था आदि परेकाछन् । आज रकम कारोबारका आधारमा भने एनसीसी बैंक, माछापुच्छ्रे बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ०० बजे