विप्लवमाथि प्रतिबन्धः प्रचण्ड र देउवासँग प्रधानमन्त्रीको बालुवाटारमा ‘ब्रिफिङ’



काठमाडौं फागुन, २९–
विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे दहाल र देउवालाई ब्रिफिङ गरेका हुन् । ओलीले दुबै नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रतिबन्धबारे जानकारी गराएका हुन् । उक्त अवसरमा ओलीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ पनि सहभागी थिए ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : ४२ बजे