मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद अवरुद्ध



काठमाडौं फागुन, २९–
राष्ट्रिय जनता पार्टी(राजपा)ले संसद बैठक अवरुद्ध गरेको छ । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको हो ।
बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेका हुन् । राजपाका सांसदहरु उठे लगत्तै सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्ननदिने घोषणा गरे लगत्तै राजपाका सांसदहरु आफ्नो स्थामा उभिएका थिए । सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि राजपाका सांसदले नमानेपछि १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ०१ बजे