मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस छ भन्ने हेक्का नराख्नु ओलीका लागि महाभूल सावित हुनेछः कांग्रेस युवा नेता गगन थापा



काठमाडौं फागुन, २९–
नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीको सनकले गर्दा मुलुक द्वन्द्वतर्फ धकेलिन लागेको आरोप लगाएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएको विषयलाई लक्षित गर्दै नेता थापाको यस्तो भनाइ सार्वजनिक भएको हो ।
बुधबार नेपाल महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए प्रष्ट पारेका हुन् । उनले भने, ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’
ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनको आरोप थियो ।

साथै थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल हुन पनि बताए । देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका रचनात्मक तरिकाले खेल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ५४ बजे