मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचितः कांग्रेस सभापति देउवा



विराटनगर फागुन, २९–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध उचित भएको बताएका छन् । बुधबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने बताएका हुन् । उनले हिंसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने सरकारी निर्णय उपयुक्त भएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, विप्लवले आतंक फैलाउने काम गरेका छन्, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नपर्छ ।’ जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने देउवाको भनाइ थियो ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गेरको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ३७ बजे