फेरी नेप्सेका सुचक रातै



काठमाडौ फागुुन, २९–
नेप्सेमा अघिल्लो दिनको उच्च बृद्धिदर टिक्न सकेन । अघिल्लो दिन २० दशमलव ३३ अंकले बढेको नेप्से आज बुुधबार १३ दशमलव १६ अंकले घटेर ११ सय ५० दशमलव १० अंकमा झरेको छ । सेन्सिटिभ पनि दुुई दशमलव ७२ अंकले घटेर दुुई सय ४४ दसमलव ७५ अंकमा झरेको छ । आज एक सय ७३ कम्पनीहरुको पाँच हजार सात सय ६५ वटा कारोबारमा १३ लाख चार हजार तीन सय ४२ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३६ करोड ९८ लाख ४० हजार सात सय ८६ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा नौ वटा समुहले गुमाउँदा फाईनान्स समुहले कमाएको छ । गुमाउने समुुहमा परेको वाणिज्य बैंक समुहको सुचक १० दसमलव ५८ अंकले घटेर नौ सय ९३ दशमलव ३६ अंंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव नौ अंकले घटेर ११ सय ७० दसमलव ६५ अंकमा पुुगेको छ । बिकास बैक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुह पनि आज गुुमाउने समुह अन्र्तगत परेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज युुनाईटेड फाईनान्स, आशा लघुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा हाथ्वे फाईनान्स, अरुण कालेवी जलबिद्युुत कम्पनी आदि परेकाछन । रकम कारोबारका आधारमा भने आज नागरिक लगानी कोष, एनसीसी बैंक लगायतका कम्पनीहरु परेकाछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : १३ बजे