मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला



बुटवल फागुन, ३०–
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण आज देशैभरको जनजीवनमा प्रभाव परेको छ । कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो ।
सम्भवतः सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएकाले होला विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर, सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् ।
बिहानी सत्रमा चल्ने शिक्षण संस्था चलेका छैनन । बुटवलको कालिकानगरमा शंकास्पद बस्तु फेला परेको छ । बुटवल बेलहिया सडक खण्डको कालिका चोकमा डिभाईडर माथि कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् ।

सुरक्षाकर्मी सडकमा तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात छुटेका छैनन् । मोटरसाईकलहरु भने चलेका छन् ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ५ : ४४ बजे