मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीमा देखिएको विवादबारे छलफल गर्न सभापति देउवाले बोलाए आफूनिकट नेताको बैठक



काठमाडौं फागुन, ३०–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ निवासमा बोलाएका छन् । पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा रणनीति बनाउन सभापति देउवाले आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् । सभापति देउवाले अनुशासन समिति, निर्वाचन समिति र नेतृत्वविहीन नेविसंघलगायतका बारेमा आफ्नो धारणा तय गर्न नेताहरुलाई बुढानिलकण्ठ निवासमा बोलाएका हुन् ।

दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको पार्टी उपसभापति विमलेन्द्र निधिले बताए । उनले छलफलको विषयबारे आफूलाई जानकारी नभएको बताए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो समय नेताहरुको भेला चरिहरेको भन्दै देउवाले बोलाएको बैठक पनि त्यसैको निरन्तरता भएको बताए ।

देउवा पक्षले फागुन १४ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा अनुशासन समिति गठनको तयारी थालिएको थियो । जसमा अनुशासन समितिको संयोजकमा भिष्मराज आङदाम्बेले सदस्य किशोरसिंह राठौर र देवेन्द्रराज कँडेललाई देउवाले प्रस्ताव गरेका थिए ।

५ सदस्यीय समितिमा पौडेल र सिटौलालाई एक एक जना नाम दिन देउवाले भनेका थिए । उक्त प्रस्ताव वरिष्ठ नेता राचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षको विरोधका कारण रोकिएको थियो । उनीहहरुले बहुमतका आधारमा निर्णय गर्दै जाँदा पार्टीभित्र राम्रो नजिर नबस्ने भन्दै समितिको बैठक बहिस्कारको चेतावनी दिएका थिए ।

सल्लाह र सहमतिको साटो जबरजस्ती पेलेरै समिति बनाउन खोजेको भन्दै इतरपक्ष बैठक हलमा नै प्रवेश गरेका थिएनन् । अनुशासन र निर्वाचन समिति निष्पक्ष र अर्धन्यायिक निकाय भएकाले सर्वस्वीकृतिमा गठन हुनुपर्ने उनीहरूको माग छ ।

यस विषयमा लेउवाइतरपक्षले यही २१ र २२ गते पूर्वमहान्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक राखेर आफ्नो धारणा तय गरिसकेका छन् । उनीहरुले अनुशासन र निर्वाचन समितिका साथै अन्य विषयमा पार्टीमा सर्वसहमतिबाटै निर्णय गर्नुपर्ने निष्कष निकालेका छन् ।

सभापति देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । त्यसबीचमा देउवाले विभिन्न चरणमा इतरपक्षका नेताहरुसँग छलफल गर्दै आएका छन् । यद्यपि सहमित हुन सकेको छैन । त्यसकारण देउवाले आफूनिकटका नेताहरुको छलफल गरेर असरी अगाडि बढ्ने भन्ने रणनीति तयार गर्दैछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ९ : ०३ बजे