साताको अन्तिम कारोबारका दिन नेप्सेमा हरीयाली



काठमाडौ फागुुन, ३०–
साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेर नै रोकिएको छ । नेप्से आज पाँच दशमलव चार अंकले बढेर ११ सय ५५ दशमलव ५० अंकमा पुुगेर रोकिएको हो । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ३६ अंकले बढेर दुुई सय ४६ दशमलव १० अंकमा पुुगेर रोकिएको छ । आज कुल एक सय ७१ कम्पनीहरुको चार हजार दुुई सय ३८ वटा कारोबारमा १३ लाख ३९ हजार नौ सय ७२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४८ करोड ५८ लाख ७७ हजार नौ सय ३१ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार भएकोमा उत्पादनमुुलक समुहले गुुुमाए पनि बाँकी समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक चार दशमलव ५९ अंकले बढेर नौ सय ९७ दशमलव ९६ अंंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि २२ दशमलव ५४ अंकले बढेर १४ सय ६७ दशमलव ५२ अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल, अन्य र लघुुुबित्त समुहको सुचक पनि आज उकालो लागेकाछन् ।
आज कमाउने कम्पनीहरुको सुचीमा तिनाउ बिकास बैंक, युुनाईटेड फाईनान्स आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा रिडी हाईड्रो पावर कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, एनसीसी बैंक आदि परेकाछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  १० : ०० बजे