मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा बर्डफ्लुः सरोकारवालालाई सतर्कता अपनाउन आग्रह



काठमाडौं चैत, १–
जिल्ला प्रशासन कार्यालय, पर्साले छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि सतर्कता अपनाउन आग्रह सबैमा गरेको छ । मकवानपुरमा बर्ड फ्लु भेटिएको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

छिमेकी जिल्लामा बर्डफ्लू भेटिएपछि कम्तीमा पर्सा पनि जोखिममा पर्न सक्ने भएकाले उत्पादन गर्ने, बिक्री गर्ने र खाने सबैले सतर्कता अपनाउनुपर्ने प्रमु जिल्ला अधिकारी भट्टराईको भनाइ छ । यसबारे प्रसाशनले बैठक बसेर आबश्यक तयारी गर्ने उनले बताए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीस्थित कुलप्रसाद चौलागाईको कर्मसियल लेयर्स फर्ममा पालिएको कुखुराको नमूना परीक्षणका क्रममा बर्डफ्लु भेटिएको हो । त्यसपछि यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले फर्मलाई केन्द्र बिन्दु मानेर वडा नं. ६ र ७, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्था भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रमा कुखुरा, अण्डा र सुलीको निकासी रोकेको छ ।

वर्डफ्लूको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानले जानकारी दिए ।

खुल्ला सीमाका कारण पर्सा जिल्ला बर्डफ्लूको जोखिममा छ । भारतबाट पंक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि सस्तोमा पाइने हुँदा चोरी तस्करीबाट कुखुरा, चल्ला र अण्डा आउने गरेको छ । विशेष गरी पर्साको जानकीटोला, भिश्वा, इनर्वालगायत नाकाबाट अवैध रुपमा कुखुरा, चल्ला र अण्डा तस्करी हुने गरेको कुखुरा व्यवसायीहरु बताउँछन् । पर्सा जिल्लामा ४ सयको हाराहारीमा कुखुरा व्यवसायी छन् । मकवानपुर, चितवनबाट लेयर्स कुखुरा, अण्डा र चल्ला आउने गरेको छ ।

कुखुरा व्यवसायी संघ, पर्साका अध्यक्ष मुन्ना चौरसियाले मकवानपुरमा बर्डफ्लूको संक्रमण देखिएपछि काठमाडौं जाने कुखुरा बर्दिबास हुँदै पठाउन थालिएको जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : २६ बजे