मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहद्वारा वाडाध्यक्षको मोटरसाइकलमा आगजनी



डडेल्धुरा चैत, १–
डडेल्धुरामा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ ।  बिहिबार राति नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम बिष्टको  से.७ प.३६९० अस्थायी नम्बरको (वानटेस्ट) मोटरसाइकलमा  आगजनी गरिएको  बेलापुर प्रहरी चौकी डडेल्धुराले जनाएको छ ।
घरमै पाकिङ गरेको मोटरसाइक केही दिनअघि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको हो। अध्यक्ष बिष्टले कसैमाथि शंका नभएको बताएका छन्। नेपाल बन्दको दिन पनि दिनभर यातायात सञ्चालनमा रहेको नवदुर्गा गाउँपालिकामा विप्लवका कार्यकर्ता नै नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ४४ बजे