मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, अपरान्ह जानकी मन्दिरमा पूजा गर्दै



जनकपुर चैत, १–
सर्लाहीको भ्रमण पूरा गरी पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर पुगेका छन् । बिहीबार सर्लाहीको मलंगवास्थित दूर्गा भगवतीको मन्दिरमा पूजा गरेका पूर्वराजाले आज अपरान्ह ४ बजे जनकपुर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको पूर्वराजा निकट स्रोतले जनाएको छ ।

बिहिबार दूर्गा भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका ज्ञानेन्द्रलाई स्थानीयले स्वागत गरेका थिए । उनको स्वागतमा फूलमाला बोकेर उल्लेख्य सहभागीको उपस्थिति रहेको थियो ।

त्यस्तै ज्ञानेन्द्रको शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले पूजाआजा गर्ने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यस्तै, भोलि पूर्वराजा ज्ञानेन्द्रको उदयपुर जाने कार्यक्रम छ । उनले उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरको दर्शन गर्नेछन् । उनी उदयपुर जनकपुरबाटै जाने छन् । त्यस्तै आइतबार पूर्वराजा सप्तरीको चखडा भगवतीको दर्शन गर्न जाने कार्यक्रम रहेको छ । तीनदिनदेखि जनकपुरमा रहेका पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमण केवल तिर्थाटनका लागि मात्रै भएको उनका समर्थकहरुले बताउने गरेका छन् ।
उनी जनकपुरस्थित सीताचरण होटलमा बसेका छन् । पूर्वराजा निजी सवारीमार्फत नै सर्लाही, उदयपुर र सप्तरी जाने कार्यक्रम छ । यद्यपि, उनको भ्रमण, सीके राउतसँगको ११ बुँदे सम्झौता, राजपा सरकारबाट बाहिरिनु तथा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लाउनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएको पाईन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : ४५ बजे