काठ्माण्डौ-
राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भई स्वदेश फर्किएकी छिन्।
राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा सहभागी भई आइतबार अपरान्ह स्वदेश फर्किएकी हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगण लगायतले स्वागत गरेका थिए त्यसै अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामीसमेत अर्पण गरेको थियो ।
भ्रमण सफल र उपलब्धिमुलक भएको राष्ट्रपति भण्डारीले बताइन ।