अन्यत्र गर्मी बढेपनी हुम्लामा पुन: हिमपात शुरु,जनजिबन कष्टकर



हुम्ला–

चैत्र महिना शुरु भय सगै राजधानी काठ्माण्डौ लगायत अन्यत्र गर्मी बढेपनी हुम्लामा हिमपात शुरु भएको छ ।   हुम्लामा पुन: हिउँ पर्न सुरु भय सगै त्यहाको जनजिबन पनि प्रभाबित हुन थालेको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात सुरु भएको हो।

लामो समयको हिमपातले यहाँको जनजीवन अझै कष्टकर बनाएको थियो। हिमपातसँगै जिल्लामा चिसो निकै बढेको र हावाहुरी चलिरहेको छ।

हिमपात भएपछि जिल्लामा चिसो बढेको तापक्रम माइनसमा झरेको छ।

हिमपात हुँदा जिल्लाको एकमात्र हवाइ यातायात पनि आजदेखि ठप्प भएको छ। जिल्लाबाट बाहिर जाने यात्रुलाई समस्या भएको छ।

यातायात्को एकमात्र बिकल्प हवाइ यातायात समेत नचलेपछी कर्णाली प्रदेशको बैठक समेत प्रभाबित हुन लागेको स्थानिय पत्रकारहरुले बताएका छन ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : १८ बजे