लाहान्-
सिके राउतको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।सरकारसँग ११ बुँदे सम्झौता गरि मधेष पुगे लगत्तै सिके राउतले गठबन्धनको बैठक बोलाएका हुन ।
आइतबार हुने बैठकाका लागी सिरहाको लहानमा गठबन्धनका सबै केन्द्रीय समिति सदस्यलाई बोलाईएको छ ।
बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ । बैठक लगत्तै गठबन्धनका संयोजक राउत मधेश दौडामा निस्किने बताइएको छ ।
४ गतेसम्म चल्ने बैठक सकिय पछी लाहानमै राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
सरकार र गठबन्धन बिच भएको सम्झौताको दुबै पक्षले आ-आफ्नै तरिकाले ब्याख्या गरिरहदा हुनलागेको गठबन्धनको यो बैठकलाई महत्वका साथ हेरिएको छ भने बैठकले के निर्णय गर्छ भन्ने धेरैको चासोको बिषय रहेको छ ।
सरकार सगको सम्झौता पछी उनले स्वतन्त्र मधेसको गतिबिधी छोड्छन कि छोड्दैनन भन्नेमा राजनितिक बृत्त बाटै शङ्का ब्यक्त गरिदै आएको छ । आगामी बैठकबाट उनले लिने निर्णय पछी यस बारेमा थप प्रस्ट हुने अनुमान गरिएको छ ।
बैठक पछी पनि उनले स्वतन्त्र मधेशकै नाममा गतिबिधी जारी राखेमा सरकारले उनिसग गरेको सम्झौता थप बिबादित बन्ने राजनितिक जानकारहरुले बताएका छन ।










