मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशैभर कांग्रेसमा प्रवेश गर्नेको लर्को, हेटौंडामा पूर्वगृहराज्यमन्त्री बानियाँले भित्र्याए नेकपा र राप्रपाका दर्जनौलाई कांग्रेसमा



हेटौंडा चैत, २–
पछिल्लो समय देशैभरी नेपाली कांग्रेसमा प्रबेश गर्नेहरु बढ्दै गैरहेका छन । यसैबिच शनिबार हेटौंडामा नेकपा, राप्रपा लगायत विभिन्न पार्टी परित्याग ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सदस्य तथा तरुण दल सल्लाहकार राजन खरेलको नेतृत्वमा विभिन्न पर्टाी परित्याग गरेकाहरुलाई पूर्वगृहराज्यमन्त्री तथा  मकवानपुरका पार्टी सभापति इन्द्र बहादुर बानियाँले टिका लगाएर कांग्रेसमा स्वागत गरेका हुन् ।

हेटौंडाको कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई पार्टीमा स्वागत गर्दै सभापति बानियाँले नवप्रवेशीहरुलाई कांग्रेसले उचित जिम्मेवारी दिने बताए । सभापति बानियाँले सबै युवालाई कांग्रेसमा प्रवेश गरेकोमा स्वागत गर्दै देशको विकास, युवालाई रोजगार दिलाउन आफूले सक्दो पहल गर्ने बताए ।

उनले भने, ‘नेकपाको चरित्र खर्बुजा जस्तै हो खर्बुजा बाहिर हरियो र भित्र रातो भए जस्तै कम्युनिष्टहरुको पनि चरित्र दुईथरी हुन्छ, तर, कांग्रेस गाँजर हो जुन भित्र र बाहिर पनि उस्तै रङ्गको हुन्छ ।’ त्यस्तै, नवप्रवेशीहरुले नेकपा र राप्रपाबाट देशको पार नलाग्ने र कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा गर्ने पार्टी भएकाले कांग्रेस प्रवेश गरेको बताए । उनीहरुले अब कांग्रेसमा लागेर देश विकासका लागि निरन्तर खट्ने प्रष्ट पारे ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ११ : ३२ बजे