काठ्माण्डौ-
नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि अमेरिका जाने भएका छन्। आइतबार उनि बिरामी पत्निलाई लिएर छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
सीतालाई वंशाणुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्।
दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए। उनि पत्नी सिताको हरेक बिकल्प अपनाएर उपचार गर्न तल्लिन रहेका छन ।
यसै क्रममा उनि पत्नी सितालाई लिएर अमेरिका जान लागेका हुन।उपचार पछी स्वदेश फर्किने उनको सचिबालयले जनाएको छ ।