आजदेखि तीन दिनसम्म बर्षा हुने सम्भावना



काठमाडौं चैत, ४–
अबको तीन दिनसम्म मेघ गर्जन सहित देशका पहाडि भूभागमा हल्का बर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण आजदेखि बुधबारसम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।
आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ५३ बजे