दर्ता गर्न नमान्ने दुई प्याराग्लाइडिङ कम्पनी बन्द गरिए



पोखरा चैत, ४–
पोखरा महानगरपालिकाले सोमबारदेखि दर्ता तथा नवीकरण हुन अटेरी गर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडानमा रोक लगाएको छ । गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङले सोमबारसम्म पनि महानगरमा दर्ता नभएपछि उनीहरुमाथि रोक लगाईएको महानगरपालिकाले जनाएको छ ।
उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाको भनाइ छ ।
पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएका छन् । यसअघि महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।
थोरै कम्पनीलेमात्रै व्यवसाय दर्ता गरेको भन्दै महानगले पुन २६ गतेसम्म फेरि समय दिएको थियो । उक्त समयावधिमा जम्मा १० वटा कम्पनीले मात्रै दर्ता र नवीकरण गरेका थिए । त्यसपश्चात महानगरमै उपस्थित भएर व्यवसायीले पुन समय थप्न माग गरेपछि फागुन २६ गतेसम्मको समय सम्मका लागि समय दिएको थियो । उक्त समयमावधिमा अधिकांश प्याराग्लाइडिङ कम्पनीले अटेरी गरेपछि महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ०४ बजे