अब सीके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, चुनाव चिह्न अष्टदल



काठमाडौं चैत, ४–
करिब दुई साताअघि सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको घोषणा गरेको सीके राउतले आफ्नो पार्टीको नाम फेरेका छन् । ‘स्वतन्त्र मधेस गठबन्धन’ को नामबाट गतिबिधि गर्दै आएका राउतले नेतृत्वग गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ को नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरिएको हो । सिरहामा सम्पन्न राष्ट्रिय परिषद् बैठकले पार्टीको बैठकले पार्टीको नाम फेर्ने निर्णय गरेको हो । साथै उक्त राष्ट्रय परिषद् बैठकले सीके राउतको नेतृत्वमा ३५ सदस्ययी कार्य समिति पनि निर्माण गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय पवनि गरिएको छ ।
खानका अनुसार चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने पार्टीले निर्णय गरेको खानको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  १० : ३६ बजे