कञ्चनपुर चैत, ५–
बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । निर्मला पन्त हत्या प्रकरणमा बखास्तीमा परेका विष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।
फरार सूचीमा रहेका विष्ट र डिएसपी अंगुर जीसीलाई यसअघि अदालतले अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो ।
निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
५ चैत्र २०७५, मंगलबार
0
Shares