अमेरिका पुगेका प्रचण्डविरुद्ध अमेरिकाको अनुसन्धान ब्युरोमा उजुरी दर्ता (उजुरीसहित)



काठमाडौं चैत, ५–
पत्नीको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी दिएका हुन् ।
उजुरीको शीर्षमा डा. ले लेखेका छन्, ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ ।’
उनले लेखेका छन्, ‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता यहाँ आएका छन् ।’

उनी अघि लेख्छन् ,‘उनी अमेरिकाको आतंककारी सूचीमा छन् । उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब मारिएका थिए । उनी जोन हपिक्न्स अस्पतालमा पत्नी सीता दाहालको उपचारका निम्ति आएका हुन् ।’

उजुरीमा उल्लेख छ ,‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् । धेरै धेरै धन्यवाद १’

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : ३२ बजे