मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलग मधेसको मुद्दा छाडेपछि सीके राउतको प्रदर्शनमा सहभागीको संख्या घट्यो



सिरहा चैत, ५–
नवगठित जनमत पार्टीका अध्यक्ष डा सीके राउत मधेस आन्दोलनका शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । अध्यक्ष राउतले शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका हुन् । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै सीकेका समर्थकहरुले आज लहानमा प्रदर्शन गरेका हुन् । आज राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रर्दशन मात्र गरिएको हो ।
सीकेले अलग मधेसको मुद्दा छाडेपछिउनका समर्थक घटेको तथा प्रदर्शन पनि फितलो भएको स्थानीहरुको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ९ : ३५ बजे