मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुरुङ र चौधरी थपिएपछि कांग्रेसको अनुशासन समितिले पूर्णता पायो, अधिकारीको संयोजकत्वमा निर्बाचन समिति गठन



काठमाडौं चैत, ५–
नेपाली कांग्रेसको अनुशासन समितिले पूर्णता पाएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको अनुशासन समितिलाई पूर्णता दिनुका साथै निर्बाचन समिति पनि गठन गरेको हो । यसअघि सोमबारको बैठकले काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा अनुसाशन समिति गठन गरेको थियो । पाँच सदस्यीय समितिमा संस्थापनबाट देबेन्द्रराज कँडेल र किशोरसिं राठौरलाई सदस्य नियुक्त भएका थिए । उता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले आज आफ्नो पक्षबाट नाम पठाएपछि अनुशासन समितिले पूर्णता पाएको हो । आजको बैठकमा अनुशासन समितिमा पौडेल पक्षबाट धनराज गुरुङर सिटौलाका तर्फबाट उमाकान्त चौधरी थपिएका हुन् ।
यसैगरी राधेश्याम अधिकारीको संयोजकत्वमा निर्बाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा खम्बबहादुर खाती, गोपाल कृष्ण घिमिरे, टेकराज पोख्रेल र सिताराम केसी छन्।
आजै बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित विधान मस्यौदा नियमावली समिति गठन गरेको छ। उक्त समितिका सदस्यहरुमा इश्वरी न्यौपाने, प्रदिप पौडेल, मिन विश्वकर्मा र जीवन परियार रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  २ : ०५ बजे