काठमाडौँ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
होलिको दिन काठ्माण्डौका चोक र गल्लिहरुमा थरी थरी रङ दलेर युबा युबतीहरु रमाइलो गरिरहेका छन होलिको अबसरमा आज पहाडी क्षेत्रमा बिदा दिइएको छ ।
केही वर्ष अघिसम्म काठ्माण्डौ उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन भने होलिका दिन पनि छिट्फुट घटना बाहेक खसै उछृङ्खलता देखिएन ।
बढ्दै गएको सामाजिक चेतना, ब्यस्ततार र प्रहरिको बिशेश सकृयता ले होली पर्ब मर्यादित बन्दै गएको हो ।
होलिको दिनमा भने सडकमा ट्राफिक उलङ्घनका घटना भने बढेका छन ।उपत्यकामा मात्रै बुधबार ट्राफिक प्रहरीले १५ वटा सरकारी गाडीसहित २९७ वटा सवारी नियन्त्रणमा लिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार दिँउसो १२ बजेसम्ममा उक्त संख्यामा सवारी कारबाहीमा परेका हुन्।
होलीलाइ नेपालको महत्वपुर्ण सास्कृतिक पर्ब मान्ने गरिन्छ ।हिमाली र पहाडी भेगमा अलग अलग दिनमा होली मनाउने गरिन्छ ।नेपालको तराइ मधेश क्षेत्रमा होलिको झनै महत्व बढी हुने गरेको छ ।