उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरे ट्रमा सेन्टरको कार्यकारी निर्देशक नियुक्ती



काठमाडौँ –

राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ ।

न्याम्सको उपकुलपति पदमा प्रा डा डिएन साह फागुन ३० गते नियुक्त भएका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ११ : ४० बजे