त्रिशुली–३ (बी)जलबिधुत आयोजनाको पहिलो शेयर किने प्रधानमन्त्री ओलीले



काठमाडौं चैत, ७ –

नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गत खुला गरिएको सेयरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता सेयर किनेका छन् । यस आयोजनाको सेयरको पहिलो खरिदकर्ता नै प्रधानमन्त्री ओली भएका छन । त्रिशुली–३ (बी) आयोजना  अन्तर्गत खुला गरिएको सेयरमा बिहीबार प्रधानमन्त्री ओलीले पहिलो सेयर किनेका हुन् ।

उनले सेयर भर्न आब्हान गर्दै ट्वीटरमा लेखेका छन  –भर्खरै मैले १० हजार कित्ता शेयर खरिद आवेदन दिएँ । आफ्नो देश आफैं बनाउन म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा आह्वान गर्दछु। यो आयोजना नेपालिहरुकै लगानिबाट सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ७ : १० बजे